वंशावली समयाक्रम
यिनी कन्नौज भूमि मालवगढ धारा नगरमा थिए। बादशाह र नवाफको कुरैपिछे कलह भैरहेकोले त्यस स्थानलाई छोडेर कूर्माचल (कुमाऊँ) अन्तर्गत श्रीनगर (टिहरी गड्वाल) भन्ने ग्राममा पुगेर बसे। सधै कुश हातमा लिइरहने, त्यसैले मानिसहरु उनलाई ‘कुश भट्ट’ पनि भन्थे। उनले श्रीनगरमा त्यहाँको राजाको निमित्त वाजपेय यज्ञ गरेकाले ‘वाजपेयी भट्टाचार्य’ भन्ने पदवी प्राप्त गरेका। वेद, व्याकरण, छन्द शास्त्रमा निपुण।
डोटीका राजा श्री राधामाधवसिंह विष्टले राजकुमारीसँग यिनको विवाह गरी सम्पूर्ण राज्य दान दिएका। जेठी ब्राह्माणीबाट 'सिग्देल' थरका पूर्वज 'श्रीकृष्ण' र कान्छी ब्राह्माणी बाट 'पौड्याल' थरका पूर्वज 'श्रीदेव' भएको।
यिनको जेठी पत्नीबाट नरसिंह अर्याल र कान्छीबाट मोतिराज पौडेल भएका।
राजा सिद्धिनरसिह मल्लबाट सिस्नेरीमा विर्ता पाई यही बसोबास गरेका। पुत्रेष्टि यज्ञ गराएर पुत्र जन्मेवापत विर्ता पाएको कुरा जनश्रुति र युवराज श्रीनिवासको वि.सं. १६८४ मा जन्म भएअनुसार माथिको समय अनुमानित गरिएको।
आँटीघरेका मुल पूर्खा। राजा श्रीनिवासबाट आफ्नै घर जग्गाको साँधमा विर्ता दान मिलेको वि.सं १७३४को ताम्रपत्रमा उल्लेख छ। भक्तपुरका राजा भूपतीन्द्र मल्ल र कान्तिपुरका राजा भास्कर मल्लको वि.स. १७६० को सन्धिपत्रमा साक्षी राखिएको।
सिस्नेरीमा देवाली गर्न शुरू गरेको मिति।
राजा राजेन्द्र विक्रमको पौडेलहरूको नाममा जारी गरिएको लालमोहरमा उनको नाम उल्लेख भेटिन्छ।
Genealogy Timeline
He was in the city of Dhara, Malvagarh, Kannauj. Due to the quarrel between the emperor and the Nawaf, he left that place and settled in a village called Srinagar (Tehri Garhwal) under Kurmachal (Kumaon). He always carried a kush in his hand, which is why people also called him 'Kush Bhatta'. He performed the Vajpayee Yagya for the king of Srinagar, and thus earned the title 'Vajpayee Bhattacharya'. He was proficient in the Vedas, grammar, and poetry.
Doti King Shri Radhamadhav Bista married the princess to him and donated the entire Kingdom. From his elder wife, the ancestor of the 'Sigdel' clan ('Shri Krishna') started. Likewise, from younger wife, the ancestor of the 'Poudel' clan ['Shri Dev']
Narasimha 'Aryal' was born from his eldest wife and Motiraj 'Poudel' from his youngest wife.
Received land grant from King Siddhinarsingh Malla in Sisneri and settled there. He supposedly performed Putrayeshti Yagna, and since prince Srinivas was born in 1627 AD, the above date is estimated
The original ancestor of the AatiGhare family. He is mentioned in a King Srinivas' copper-plate inscription that the king granted him land next to his own land. He was also witnessed in the peace treaty of 1703 between King Bhupatindra Malla (Bhaktapur) and King Bhaskar Malla (Kantipur).
Sisneri 'Devbali' (देववली) festival start year
His name is mentioned in the red seal issued in the name of the Poudels of King Rajendra Vikram